धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी

[sharethis-inline-buttons]

काठमाडाैं ।धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा ९एमाले०का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उहाँले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पार्नुभएको हो ।

यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।


प्रकाशित : २०७९ मंसिर १३ मंगलवार