इलाम । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएको छ ।
इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका उहाँ एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित हुनुभएको हो ।
खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गर्नुभएका बस्नेतले २५ हजार ६९९ मत ल्याउनुभएको छ । खनालले २ हजार ३४५ मत प्राप्त गर्नुभएको छ ।
तर, खनालले मतगणना प्रक्रियामा धाँधलीको आरोप लगाउँदै आफ्नो विरोधलाई यथावत राख्नुभएको छ ।
प्रकाशित : २०७९ मंसिर १२ सोमबार