रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

[sharethis-inline-buttons]

बुटवल । रुपन्देही- १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरे ।

भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो ।


प्रकाशित : २०७९ मंसिर १० शनिबार