
लमजुङ। प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङ विजयी हुनु भएको छ ।
उहाँले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवप्रसाद गुरुङलाई हराउँदै विजयी हुनु भएको हो ।
एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले ३ हजार १ सय ८८ मतको फराकिलो मतान्तरले देवप्रसाद गुरुङलाई हराउनुभएको हो ।
एमालेका गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याउनुभएको थियो ।
प्रकाशित : २०७९ मंसिर ८ बिहीबार