काठमाडौं–५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पाँचहजार मतले पराजित 

[sharethis-inline-buttons]

काठमाडौं । काठमाडौं–५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पाँचहजार ६५ मतले पराजित हुनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पराजित गर्नुभएको हो । प्रदीप १५,२३७ मत ल्याएर निर्वाचित हुनुभएको हो । ईश्वरले १०,२७२ मत ल्याउनुभएको छ ।

प्रदीप प्रतिधिनिसभा सदस्यका लागि पहिलो प्रयासमै सफल हुनुभएको हो । उहाँ ०७४ मा प्रदेशसभा सदस्यमा पराजित हुनुभएको थियो ।


प्रकाशित : २०७९ मंसिर ७ बुधबार