ललितपुर-२ मा एमालेका महर्जन निर्वाचित

[sharethis-inline-buttons]

ललितपुर। ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

“कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, उहाँले भन्नुभयो ।


प्रकाशित : २०७९ मंसिर ६ मंगलवार