कतार विश्वकपको भव्य उद्घाटन, आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा

[sharethis-inline-buttons]

काठमाडौं ।  विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप २०२२ को भव्य उद्घाटन भएको छ  ।कतारको अल बायत स्टेडियममा आइतबार एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको हाे ।

उद्घाटन समारोहमा फिफा अध्यक्ष जियानी ईन्फान्टिनो, कतार फुटबलका अध्यक्ष शेख हमाद बिन खलिफा बिन अहमद अल थानी, विभिन्न राष्ट्रका फुटबल अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा अमेरिकी कलाकार मोर्गन फ्रीम्यान, कोरियाली ब्यान्ड बीटीएस लगायतका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।

कतार विश्वकपको उद्घाटन खेलमा भने आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।  उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

FiA-feNXoAAO6BW1668958711.jpg

​मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ


प्रकाशित : २०७९ मंसिर ४ आईतवार