शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकाेमा निर्वाचन आयोगलाई प्रधानमन्त्रीकाे विशेष धन्यवाद

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा प्रशन्नता व्यक्त गर्नुभएको छ ।

उहाँले मतदान प्रक्रियामा भाग लिएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

आइतवार पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिनुभएको हो ।

उहाँले निर्वाचन सफल गराउन खटिएका कर्मचारी र सुरक्षा निकायका साथै राजनीतिक दल, संचारकर्मीलाईं पनि धन्यवाद दिनुभएको छ ।

देउवाले संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभएको छ ।


प्रकाशित : २०७९ मंसिर ४ आईतवार