छिटफुट घटनावाहेक देशभर शन्तिपूर्ण मतदान, देशभरबाट ६५ प्रतिशत मतदान भएको प्रारिम्भक रिपोर्ट

[sharethis-inline-buttons]

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत आइतवार मतदान भएको छ ।

निर्वाचन आयोगले छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको जनाएको छ ।

सामान्य विवादका कारण रोकिएका मतदान केन्द्रमा राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल गरेर पुनः सुचारु गर्रिको आयोगले जनाएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

देशभरबाट ६५ प्रतिशत हाराहारीमा मतदान भएको आयोगको अनुमान छ । आयोगका प्रवक्ता फणीन्द्रमणी पोखरेलले देशभरबाट आएको प्रारिम्भक रिपोर्ट अनुसार ६५ प्रतिशत हाराहारीमा मत खसेको अनुमान गरिएको छ बताउनुभयो ।


प्रकाशित : २०७९ मंसिर ४ आईतवार