
इनरुवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ ।
सुनसरीको कोसी गाउँपालिका–१, स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उहाँले लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।
उहाँले देश विकासको मिसन र भिजन एमालेसँग मात्र भएको जिकिर गर्नुभयो ।
देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग रहेकाले मतदाताहरूले एमालेलाई जिताउने अध्यक्ष ओलीको भनाइ छ । ुदेशको उत्तरी र दक्षिणी दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध स्थापित गरेर देशलाई विकसित मुलुकको रूपमा रुपान्तारण गरिने उहाँले बताउनुभयो ।