अन्तिम चुनावी प्रचारप्रसारमा दलहरू

[sharethis-inline-buttons]

काठमाडाैं । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभा चुनावको प्रचार गर्न पाइने आज अन्तिम दिन हो।  आज दलहरूले अन्तिम चुनावी सभा र घरदैलो गरिरहेका छन्।

सबै दलका शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन्। प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ । देउवाले डडेल्धुराबाट उम्मेदवारी दिनुभएकाे छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल केही दिनदेखि देशका विभिन्न चुनावी सभामा सम्बाेधन गर्न व्यस्त हुनुहुन्छ । यसपटक उहाँ गाेरखाबाट निर्वाचन लड्न लाग्नु भएकाे छ । यस अघिकाे निर्वाचनमा उहाँ चितवन क्षेत्र नम्बर ३ बा निर्वाचन लड्नु भएकाे थियाे ।

नेकप एमाले अध्यक्ष ओली उहाँकाे उम्मेदवारी रहेकाे झापालगायत देशका विभिन्न स्थानमा चुनावी सभामा सम्बाेधन गर्नुभएकाे छ ।

निर्वाचन आयोगले दिएकाे जानकारी अनुसार आज मध्यराती १२ बजेपछि स्थिर अवधि शुरु हुनेछ।

यसअघि मौन अवधि भन्ने गरिएकाे याे समयमा मतदान नसकिएसम्म कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन। आयोगले एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइन जनाएको छ।

मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई रहेकाे जनाइएकाे छ ।


प्रकाशित : २०७९ मंसिर १ बिहीबार