निर्वाचनका लागि नेपाल–भारत सीमा ७२ घण्टा बन्द

[sharethis-inline-buttons]

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी भारतसँग जोडिएका नाका बन्द हुने भएका छन्।

मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गतेसम्म ३ दिन भारतसँग जोडिएका सीमा बन्द गरिन लागेको हो

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ७२ घण्टा नाका बन्द हुने  स्थानीय प्रशासनले जनाएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार भारतसँग जोडिएको पर्साका सबै नाका बन्द रहनेछन्।

यसअघि नै स्थानीय प्रशासनले जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको मतदान सम्पन्न नभएसम्म मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाइसकेको छ।


प्रकाशित : २०७९ कार्तिक ३० बुधबार