चुच्चे नक्सा नेकपाको बहुमतको दबाबले ल्याएको हो : दाहाल

[sharethis-inline-buttons]

दार्चुला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा ल्याउन नचाहेको बताउनुभएको छ ।

मंगलबार दार्चुलामा आयोजित सत्ता गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओलीलाई ‘कायर’को संज्ञा दिनुभएको छ । नक्सा बनाउँदा आफू पनि त्यही पार्टीको अध्यक्ष रहेको उल्लेख गर्दै उहाँले ओलीले नभई पार्टीभित्रको बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर दबाब दिएपछि बाध्य भएर बनाएको दाबी गर्नुभयो ।

केही समयपछि चुच्चे नक्साको विषयमा ओलीले आत्मसमर्पण गरेको उहाँले आरोप लगाउनुभयो । त्यसअघि पनि आफूहरूले वार्ता र कूटनीतिमार्फत सीमा समस्या समाधानका लागि आह्वान गरेको तर, ओलीले आफ्नो कायरता देखाएको दाहालको आरोप थियो ।


प्रकाशित : २०७९ कार्तिक २४ बिहीबार