सञ्चारमाध्यमलाई विभेद नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियासँग पत्रकार महासंघको आग्रह 

[sharethis-inline-buttons]

काठमाडौं । सञ्चारमाध्यमलाई सहज रुपमा सूचना उपलब्ध गराउने र आयोगबाट बितरित सन्देश मूलक विज्ञापन सबैलाई समान रुपले  उपलब्ध गराउन गर्दै आइरहेको आग्रहलाई ढिलासुस्ती गरेको नेपाल पत्रकार महासघका केन्द्रीय सचिव गोबिन्दप्रसाद चौलागाईंको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त  दिनेश कुमार थपलियालाई भेटेर सबैलाई समान व्यबहार गर्न दबाब दिएको छ।

आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको क्रममा निर्वाचन प्रचार प्रसार सम्बन्धी सूचना सबै सञ्चार माध्यमहरुलाई उपलब्ध नगराइएको भन्दै नेपाल पत्रकार महासंघले निर्वाचन आयोगका आयुक्त  थपलियालाई भेटेर असन्तुष्टि जनाएको हो।

महासंघका सचिव गोविन्द्रप्रसाद चौलागाईको नेतृत्वमा केन्द्रीय सदस्य सुवास साहसहितको टोलीले मंगलबार प्रमुख आयुक्त थपलियासँग भेटघाट गरी निर्वाचन प्रचार प्रसारको क्रममा एजेन्सी खडा गरी सञ्चार माध्यमले पाउने प्रचार प्रसार शुल्क कटौती नगर्न र छापा माध्यम, विद्युतीय माध्यम र अनलाईन माध्यम सबैलाई प्रचारप्रसार सामग्री उपलब्ध गराएर समान व्यवहार गर्न आग्रह गरेको छ ।

महासंघको आग्रहपछि प्रमुख आयुक्त थपलियाले तपाईहरुले पहिला आग्रह गरे अनुसार टेलिभिजन र रेडियोको समस्या हल भइसकेको, अनलाईन सञ्चार माध्यमहरुलाई अधिकतम् ३५ हजार रुपैयाँसम्मका सामग्री उपलब्ध गराउने निर्णय आजै भएको बताउँदै अब छापा माध्यम अन्तर्गत छुटेका साप्ताहिकहरुको समयमा सबैलाई समान रुपमा प्रचार सामग्री उपलब्ध गराउन आयोगमा छलफल गरी समस्या हल गर्ने टोली समक्ष  प्रतिबद्धता जनाएका छन् ।

देशैभरिका साप्ताहिक तथा अनलाईन सञ्चार माध्यमहरुलाई प्रचार सामग्री नदिईको मात्रै होइन साप्ताहिक पत्रपत्रिकालाई विज्ञापन समेत दिएको छैन । तत्काल दिनको निम्ति प्रमुख आयुक्तलाई सचिब चौलागाईंले आग्रह गर्नुभएको थियो ।

निर्वाचन आयोगले विभेद गरेको भन्दै सम्पूर्ण सञ्चार माध्यमलाई  समान व्यवहारका लागि महासंघको  लविङ चौलागाईंको नेतृत्व  टोलीले आयोगलाई पुन: ध्यानाकर्षण गराएर दबाब दिएको हो।


प्रकाशित : २०७९ कार्तिक २३ बुधबार