
डाेटी । सुदूरपश्चिम क्षेत्रकाे खप्तड क्षेत्रमा गएकाे भूकम्पका कारण हालसम्म ६ जनाकाे मृत्यु भएकाे छ । डाेटीबाट प्राप्त समाचार अनुसार कयाैं घाइते भएकाे हुन सक्ने आशंका गरिएकाे छ ।
मानिसहरू घर बाहिर बसिरहेका छन् । मध्यराती भूकम्प गएकाले अहिले बिहान मात्रै उद्वार कार्य भइरहेकाे जनाइएकाे छ ।
स्थानीयहरूका अनुसार धन जनकाे ठूलाे क्षति भएकाे अनुमान छ ।
यस क्षेत्रमा पाँच घण्टाकाे अवधिमा ६.६ र ५.५ सहित ५ पटक भूकम्पकाे धक्का महसुस भएकाे भूकम्प मापण केन्द्रले जनाएकाे छ ।
उद्वार कार्यका लागि स्थानीय तथा प्रहरी खटिएकाे जनाइएकाे छ ।
प्रकाशित : २०७९ कार्तिक २३ बुधबार