माओवादी केन्द्रका अध्यक्ष दाहालद्वारा ४५ बुँदे रणनीतिक याेजना सार्वजनिक, गाेरखाबाट समृद्धिकाे सुरूवात हुने भनाइ

[sharethis-inline-buttons]

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्त्वका योजना सार्वजनिक गर्नुभएको छ ।

गोरखा २ का उम्मेदवार प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

गोरखा २ अन्तर्गत पर्ने सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडीबुटी, व्यावसायिक पशुपालन, सीपमूलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।  गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने दाहालको भनाइ छ ।


प्रकाशित : २०७९ कार्तिक २० आईतवार