
डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबारदेखि आफनो निर्वाचन क्षेत्रको चुनाव प्रचारमा खट्नु हुनेछ । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृह जिल्ला जानुभएका देउाव चार दिनसम्म जनतासँग मत माग्न व्यस्त हुने देउवाको सचिवालयले जनाएको छ ।
त्यसका लागि प्रधानमन्त्री देउवा बुधबार ने धनगढी पुग्ने कार्यक्रम रहेको नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो । सभापति देउवाको गृहजिल्लाको चुनावी प्रचार अभियानमा युनियनका अध्यक्ष लम्सालसँगै जानुहुनेछ ।
आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त भए पनि देउवा भने अहिलेसम्म आफ्नो क्षेत्रमा पुगेका छैनन् । चुनावी अभियान सुरु उहाँ भएपछि पहिलो पटक जिल्ला जान लाग्नु भएको हो ।
हरेक निर्वाचनमा पार्टीका कार्यकर्ताबाट मनोनयन दर्ता गराउने देउवाले यसपटक श्रीमती आरजु राणा देउवामार्फत् उम्मेदवारी दर्ता गराउनुभएको थियो । देउवाको सन्देश लिएर मनोनयन दर्ता गर्न डडेलधुरा पुगनु भएकी आरजु एक साता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्कनु भएको थियो ।
डडेलधुरामा कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक भीमबहादुर साउदको नेतृत्वमा देउवाको चुनावी प्रचार भइरहेको छ ।