निर्वाचन प्रचारका लागि प्रधानमन्त्री देउवा डडेलधुरा जाँदै, निर्वाचन आयोगकाे अनुमति

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा जान निर्वाचन आयोगसँग अनुमति लिनुभएको छ ।

आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिनुभएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उहाँले अनुमति माग्नुभएको बताइएको छ । गृहजिल्ला जाँदा उहाँले कुन साधन प्रयोग गर्ने भन्नेबारे भने केही खुलाइएको छैन ।

प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउनुहुनेछ ।

यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुग्नुभएको थियो । त्यसयता भने उहाँ गृहजिल्ला जानुभएको छैन ।


प्रकाशित : २०७९ कार्तिक १६ बुधबार