एमालेकाे चुनावी घाेषणापत्र सार्वजनिक, प्रतिव्यक्ति आम्दानी २४ सय अमेरिकी डलर  पुर्‍याउने दाबी

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्‍याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्‍याउने दाबी गरिएको छ ।

‘प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पु¥याउनेछ । नेपाली अर्थतन्त्रलाई विश्वकै उदीयममान अर्थतन्त्र बनाइनेछ,’ घोषणपत्रमा उल्लेख छ ।

मंगलबार एमाले अध्यक्ष केपी ओलीले होटल याक एन्ड यतीमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा २० ग्यारेन्टीसहितको नारा अघि सारिएको छ ।

घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँ पुर्‍याउने दाबी गरिएको छ ।

अहिले करिब ४८ खर्ब जीडीपी रहेको भन्दै यसलाई वृद्धि गरेर १०० खर्ब रुपैयाँ पुर्‍याउने एमालेले दाबी गरेको हो ।

‘हालको करिब  ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जीडीपी)लाई आगामी पाँच वर्षभित्र रु १०० खर्ब पुर्‍याउनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।

यस्तै घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर  पुर्‍याउने दाबी गरिएको छ ।

‘आगामी पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४००  पुर्‍याइनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।

IFrame


प्रकाशित : २०७९ कार्तिक १६ बुधबार