नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नअब आर्थिक क्रान्ति

[sharethis-inline-buttons]

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहनुभएका उहाँले आज पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताउनुभयो ।

“हामी (वाम–लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दीगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिवार्य छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “स्थितरता र समृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आवश्यकता बनेको छ ।”

उहाँले देशमा राजनीतिक परिवर्तन भए पनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्ने गरी आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तन नहुने खतरा बढेको बताउनुभयो ।

उहाँले गोरखाबाट उम्मेदवार बन्न पाउँदा आफूले गर्वको महसुस गरेको  बताउनुभयो । अध्यक्ष दाहालले आसन्न मङ्सिरको निर्वाचन दु्ई विचार प्रवृत्ति बीचको गठबन्धन आमुन्ने सामुन्ने भएको भन्दै यो निर्वाचनको विशेष महत्वको रहेको बताउनुभयो ।

‘सधैँ यस्तो त हुँदैन तर यो पटक भएको छ, उहाँले भन्नुभयो, “हामी वाम–लोकतान्त्रिक गठबन्धन संविधानको रक्षा गर्ने स्थिरता र समृद्धिका लागि गठबन्धन हो भने अर्कोतर्फ राजावादी सामान्तवादीहरुको गठबन्धन बनेको छ ।”


प्रकाशित : २०७९ कार्तिक १४ सोमबार