नेपाली कांग्रेसले चुनावी घाेषणापत्र शनिवार सार्वजनिक गर्दै

[sharethis-inline-buttons]

काठमाडाैं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ ।

सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १२ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


प्रकाशित : २०७९ कार्तिक १२ शनिबार