महोत्तरीको भँगाहामा हिन्दू र मुस्लिम समुदायबीच झडप, नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

[sharethis-inline-buttons]

काठमाडौं । महोत्तरीको भँगाहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।

बिहीबार बिहानैदेखि हिन्दू सेना सम्राट बताउने एक समूह र मुस्लिम समुदायबीच दिनभर झडप भएको थियो ।

दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टीनजिकैको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली र सभा नगर्न प्रशासनले चेतावनी दिएको छ ।


प्रकाशित : २०७९ कार्तिक १० बिहीबार