काठमाडौं । आज तिहारको चौथो दिन गोवर्द्धन अर्थात गोरूकाे पूजा गरी मनाइँदै छ । कृषिकर्ममा मानिसकाे सहयाेगी मानिएकाे गाेरूकाे पूजा गरी मीठा परिकार खुवाएर गाेरू तिहार मनाइने गरिन्छ ।
त्यस्तै,आज गाेवर्द्धन पूजा पनि गरिन्छ ।
संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ ।
घरघरमा गाईको गोवरले गोवर्द्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । याे दिनलाई गोरु तिहार, हल तिहार वा गोवर्द्धन पूजा पनि भनिन्छ ।
प्रकाशित : २०७९ कार्तिक ९ बुधबार