भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

[sharethis-inline-buttons]

एजेन्सी । ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । बेलायतका राजा चार्ल्स तृतीयले मंगलबार सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्स तृतीयले आमन्त्रण गर्नुभएको थियो ।

पूर्वमन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक निर्वाचित हुनुभएको हो । प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिता हुने बताउनु भयो ।

सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सर्नुभएका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ। उहाँ हिन्दु धर्मावलम्बी हुनुहुन्छ । अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक  प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तीकी छोरी अक्षता मूर्तीसँग विवाह गर्नुभएको छ।


प्रकाशित : २०७९ कार्तिक ८ मंगलवार