समानुपातिकको बन्द सूचीबाट ५५० उम्मेदवारको नाम हटाउने आयोगको निर्णय 

[sharethis-inline-buttons]

काठमाडौं । निर्वाचन आयोगले ५५० जना उम्मेदवारको नाम समानुपातिकको बन्द सूचीबाट हटाउने निर्णय गरेको छ । मंगलबार आयोगले विभिन्न कारणले अयोग्यता भएका उम्मेदवारहरूको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्द सूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएकाहरूको नाम हटाउने निर्णय भएको हो ।

दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । यसैगरी आयोगले असोज २३ मा बन्दसूचीमा रहेका उम्मेदवारको सूची प्रकाशित गरेको थियो भने त्यसमाथि छानबिन गरी ५५० जनालाई बन्दसूचीबाट हटाइएको हो ।


प्रकाशित : २०७९ कार्तिक ८ मंगलवार