सातै प्रदेशमा निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था छलफल

[sharethis-inline-buttons]

काठमाडाैं । गृहमन्त्रालयले सातै प्रदेशमा शान्ति सुरक्षाबारे छलफल गर्ने भएकाे छ । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थाबारे ध्यान केन्द्रित गर्न गृहले छलफलकाे आयोजना गर्न लागेको हो ।

गृहमन्त्रालयले आज (आइतवार) बाग्मती प्रदेशबाट प्रदेशस्थरीय छलफलकाे सुरूवात गर्न लागेकाे बताइएकाे छ ।

गृहसिचव  विनाेद प्रकाश सिंहले निर्वाचन भयरहित र सुव्यवस्थित वातावरणामा सम्पन्न गर्नका लागि सुरक्षा निकायकाे परिचालन प्रभावकारी बताउने उद्देश्यले छलफलकाे तयारी गरिएकाे बताउनुभयाे ।

आजबाट प्रदेशस्तरीय सुरक्षा बैठककाे शुरू गरिएकाे र सुरक्षा अवस्था मजबुद पारिने उहाँले जानकारी दिनुभयाे ।

गृहमन्त्रालयले निर्वाचनका लागि आवश्यक रणनीति समेत तयारी गरिसकेकाे गृहसचिव सिंहकाे भनाइ छ ।


प्रकाशित : २०७९ कार्तिक ६ आईतवार