माओवादी केन्द्रका अध्यक्ष दाहालद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णविवरणसहित) 

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।  गोरखा २ का उम्मेदवार रहेकाअध्यक्ष दाहालले शनिवार ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

उहाँले गोरखाको विकासका योजनाहरु पनि प्रतिबद्धता पत्रमार्फत सार्वजनिक गर्नुभएको छ । दाहालले गेम चेन्जर योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर योजनाहरु सार्वजनिक गर्नुभएको हो ।

प्रतिबद्धता पत्रमा गेम चेन्जर योजनाहरू अन्तर्गत संविधानमा भएको व्यवस्था अनुसार जिल्लाुको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भूभागलाई विशेष वा स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्ने, रणनीतिक महत्वको रुपमा रहेको बेनीघाट–आरूघाट–लार्के नाका सडक खण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैंची खेती, सुन्तला खेती, घरेलु हस्तकला, होमस्टे, साना उद्योग तथा घरेलु उद्योगहरूको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा युवाहरूलाई स्वरोजगारी प्रदान गर्ने योजना र कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक ६ आईतवार