एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप, कारबाही गर्न आयाेगकाे सिफारिस

[sharethis-inline-buttons]

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोध्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचार गरेको छ ।

आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालसँग आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले आवश्यक कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार समेत गरेको छ।

रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ‘बिना देउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी दिएको वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक भएको र यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगमा पत्रमा उल्लेख छ ।

सोहीअनुसार आयोगले कारबाही प्रक्रिया अगाडि बढाउन पनि रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।


प्रकाशित : २०७९ कार्तिक ३ बिहीबार