एमाले अध्यक्ष ओली र सर्वसाधारणबीच सामाजिक सञ्जालमार्फत् सम्वाद हुने

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्नुहने भएको छ ।  संवादका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ ।

ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र नम्बर टिपाएका छन् । उहाँले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिनुभएको छ । संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्नुहुने भएको छ ।

उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिवेटमा सहभागी हुन आह्वान गर्नुभएको छ । तर देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन ।


प्रकाशित : २०७९ कार्तिक २ बुधबार