निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउनु : निर्वाचन आयोग

[sharethis-inline-buttons]

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरु तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ।

सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले उम्मेदवारहरुले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गर्नुभयो। उहाँले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरुलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्नुभयो।

सम्बन्धित उम्मेदवारले व्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिन्हको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहीतामा उल्लेख भएकाले सोही अनुरुप काम गर्नपनि आग्रह गर्नुभयो । त्यस्तै उहाँले कुनैपनि बहानामा भोजभतेर गराउन नपाइने  बताउनुभयो। उहाँले खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रमहरुमा राजनीतिक आवद्धता देखाउनु नहुने पनि उल्लेख गर्नुभयो ।

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनैपनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहीतामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताउनुभयो। उहाँले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदापनि आचारसंहीता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने बताउनु भयो। उहाँले प्रमुख जिल्ला अधिकारीलाई अपm्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्नपनि अनुरोध गर्नुभयो।

उहाँले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गर्नुभयो। जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरिय समितिको व्यवस्था भएको र सोही समिति अन्तर्गत मतदाता शिक्षाको काम अगाडी बढाउनुपर्ने बताउनुभयो। त्यस्तै कर्मचारीहरुलाई निर्वाचनमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्ने गरेको भन्दै उहाँले त्यस्तो आरोपबाट मुक्त हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले कसैले निर्वाचनमा खलल पुग्नेखालको गतिविधि गरेमा कानूनी अधिकार प्रयोग गरी नियन्त्रण गर्न र कारबाहीको दायरमा ल्याउन निर्देशन दिनुभयो। सचिव दुवाडीले यसरी नियन्त्रण तथा कारबाही गरेका कुराहरु नागरिकसम्म पु¥याउन समाचार सम्प्रेषणमा ध्यान दिनपनि आग्रह गर्नुभयो।


प्रकाशित : २०७९ कार्तिक १ मंगलवार