शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्षकाे उमेरमा निधन

[sharethis-inline-buttons]

काठमाडाैं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। विगत तीन सातादेखि उपचाररत जाेशीकाे १०३ वर्षकाे उमेरमा निधन भएकाे हाे ।

आइतबार बिहान उहाँको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

मुटु र प्रोष्टेटको समस्याका कारण उपचारमा रहनुभएका जाेशीमा निमाेनियासमेत भएकाे थियाे ।

उहाँकाे स्वास्थ्यमा कमजोरी बढेपछि गत ७ गते किष्ट मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

पछिल्लाे समय रगत परीक्षणका क्रममा उहाँमा डेंगु संक्रमणसमेत पुष्टि भएको थियो ।

अस्पताल स्राेतले दैनिक दिने गरेकाे बुलेटिनमा शुरूकाे उपचारमा केही सुधार देखिए पनि पछिल्लाे समय उहाँकाे स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे थियाे ।


प्रकाशित : २०७९ आश्विन ३० आईतवार