
कठमाडौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको गत भदौ २० गतेको निर्णय अनुसार चिकित्सा शिक्षा आयोगको सदस्य सचिव पदमा सरुवा हुनु भएका भएका सह–सचिव शिवकुमार सापकोटाले एक महिना बित्दा पनि आयोगका उपाध्यक्षश्रीकृष्ण गिरीको अबरोधका कारण अझै जिम्मेवारी सम्हाल्न पाउनुभएको छैन ।
सदस्य सचिव रहेका डा भोजराज शर्मा काफ्लेको प्रदेश नं १ को भूमिसुधार मन्त्रालयमा सरुवा भएको भए पनि मन्त्रालयको निर्णय ठाडै अबज्ञा गरी आर्थिक चलखेलमा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले काफलेलाई नै निरन्तरता दिनुभएको छ । सापकोटाले आयोगमा पुगे पनि प्रहरी लगाएर उपाध्यक्ष गिरीले सापकोटालाई काम गर्नबाट बञ्चित गरेको आयोगका कर्मचारीहरुले बताएका छन ।
गत भदौ २७ गते सरवा गरिएको निकायमा तत्काल हाजिर हुने बारे शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले पत्र काटेरै सापकोटालाई हाजिर हुन भने पनि उहांलाई त्यहा हाजिर हुन दिइएको छैन । सापकोटा भन्नुहुन्छ मन्त्रालयले निर्णय गरेर पठाउने तर आयोगका एक जना ब्यक्तिले रोक्ने कस्तो अराजक संस्कृतिको बिकास गर्देै छौ भनी प्रश्न गर्नुभएको छ । सरुवा भैसकेको कार्यालयमा काम गर्न नपाएपछि आफु यता न उता भएको सहसचिब सापकोटा बताउनुहुन्छ ।
उपाध्यक्ष गिरिले मन्त्रालयको निर्णयमाथि भदौ ३० गते उल्टै पत्र काटेर आयोगका कर्मचारी सरूवा गर्दा सल्लाह गरेर मात्र गर्न भन्दै सरुवा गरिएका काफ्लेलाई त्यही राख्ने प्रयास गरिएको छ। । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डा भोजराज शर्मा काफ्लेलाई असोज ४ गते भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सचिवका रूपमा कामकाजमा जान पत्रचार गरे पनि डा गिरीको चलदखेलका कारण काफ्लेले जबर्जस्ती आयोगको सदस्य सचिवको हैसियतमा काम गरिरहेको र सरूवा भएर आएका सापकोटालाई काम गर्न नदिइएको कारण चिकित्सा शिक्षा आयोग एक महिना देखि अस्तब्यस्त भएको छ ।
आयोगले सरूवा भएका कर्मचारी काफ्लेलाई रमाना नदिएको गुनासो मन्त्रालयमा आएपछि शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले असोज ४ गते नै चिकित्सा शिक्षा आयोगलाई रमाना दिने सम्बन्धमा पत्र काट्दै भनेको छ “नेपाल सरकारको २९७९ भदौ २० को मन्त्रिस्तरीय निर्णय अनुसार त्यहाँ आयोगको सदस्य सचिव भोजराज शर्मा काफ्लेलाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रोमा कामकाज गर्न खटाइएको।“ भनिएको छ।
पत्रमा “निजामती सेवा नियमावली, २०५० को नियम ३८ मा सरूवा पत्र प्राप्त भएपछि सम्बन्धित कार्यालयले नियम ४० बमोजिमको म्यादभित्र अनुसुची–१२ बमोजिमको रमाना पत्र दिनुपर्ने छ भन्ने व्यवस्था रहेको हुँदा आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेलाई कामकाज गर्न खटाइएको कार्यालयमा तत्कालै रमाना दिनुहुन नेपाल सरकार माननीय मन्त्रीस्तरी २०७९÷६÷४ को निर्णय अनुसार अनुरोध छ।“ भनि पुन पत्र पठाइएको छ। तर सो पत्रको अबज्ञा गरी उल्टै काफ्लेले असोज १४ गते दशै विदाको अन्तिम दिन आफु विदामा बस्ने भन्दै असोज २३ गते देखिका लागि कार्यलयका उपसचिव अनुपचन्द्र श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिने सम्मको हर्कत गरेका छन ।
निमित्त भै कामकाज गर्नेबारे डा काफ्लेले आफैले हस्ताक्षर गरि दिइएको पत्रमा भनिएको छ “यस आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्ले मिति २०७९/०६/२३ देखि केही दिन घरायसी कामको शिलशिलामा विदामा हुनुहुने भएकाले आयोगका उपाध्यक्षको निर्देशानुसार सो अवधिभर निजको अनुपस्थितिमा निमित्त सदस्य सचिवको रूपमा दैनिका कार्य संचालन तथा उपाध्यक्षसँगको परामर्शमा आवश्यकता अनुसार आर्थिक अधिकार समेत उपयोग गर्नुहुन अनुरोध छ।“ पत्रमा कति दिन बिदा लिइएको हो सो समेत खुलेको छैन।
निर्वाचन आचार संहिता विपरीत लामो विदा स्विकृत गर्नु, तथा म स्वयम उपस्थित भएको दिन रमाना लिइसक्नुपर्ने व्यक्तिले अरूलाइ निमित्त दिनु जस्ता कार्यले निजामती कानुनको अपमान मात्र हैन धज्जी उडाएको छ। यो कदम सच्याएर प्रयाश्चित नगरी र मन्त्रालयबाट अर्को निर्णय नभएसम्म अपमानित भएर म त्यहा गएको छैन म न्यायको पर्खाइमा छु , सापकोटाले भन्नुभएको छ ।