मधेश प्रदेशका मुख्यमन्त्री राउदद्वारा कांग्रेसका तीन मन्त्री पदमुक्त

[sharethis-inline-buttons]

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार पदमुक्त गर्नुभएकाे छ ।

संघीय सरकारले राष्ट्रिय जनता पार्टी(राजपा)का मन्त्रीहरूलाई बिहीबार पदबाट हटाएको भोलिपल्ट मधेसका मुख्यमन्त्री राउतले कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गर्नुभएकाे हाे ।

स्राेतका अनुसार कांग्रेसका तीनै जना मन्त्रीलाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश प्रमुख कार्यालयलाई पठाइसकेको छ ।

यादव भौतिक पूर्वाधार तथा यातायात, शर्मा खानेपानी तथा सिञ्चाइ र सिंह महिला, बालबालिका तथा खेलकुद मन्त्री रहनुभएकाे थियाे ।


प्रकाशित : २०७९ आश्विन २८ शुक्रबार