जसपाबाट नियुक्त चार मन्त्री पदमुक्त, कानुन मन्त्री शर्मा पनि आजैबाट बाहिरिए

[sharethis-inline-buttons]

काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका चार मन्त्रीहरूलाई पदमुक्त गरेको छ ।

बिहीबार प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूलाई पदमुक्त गर्नुभएको हो ।

प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो ।

ती मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफै सम्हाल्नुहुने बताइएको छ ।

कानून  न्याय तथा संसदीय मामिला मन्त्री गाेविन्द प्रसाद शर्माकाे पनि आजैबाट पद सकिएकाे छ । राष्ट्रपति कार्यालयद्वारा जारी गरिएकाे विज्ञप्ति अनुसार प्रतिनिधि सभाकाे सदस्य नभएकाे व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नसक्ने उल्लेख छ ।

May be an image of text

 


प्रकाशित : २०७९ आश्विन २७ बिहीबार