गच्छदारको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ ।

आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए ।

तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका हुन् ।


प्रकाशित : २०७९ आश्विन २४ सोमबार