उम्मेदवारकाे विराेधमा साेमवार ३ बजेसम्म सूचना दिन सकिने

[sharethis-inline-buttons]

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ।

आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ।

निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारविरूद्ध विरोधको सूचना दिन सकिनेछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार मनोनयन दर्ता भएको थियो।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन हुँदैछ।


प्रकाशित : २०७९ आश्विन २४ सोमबार