नवरात्रकाे पाँचाै दिन : स्कन्धमाताकाे पूजा आराधना गरी मनाइँदै

[sharethis-inline-buttons]

काठमाडाैं । आश्विन शुक्लपक्षको पञ्चमी तिथि परेकाले देवीको पाँचौं रुप स्कन्दमाताको पूजाआजा गरिन्छ । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दकुमारको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ ।

स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवी मानसगद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने उल्लेख छ । नवरात्रका अन्य दिन झैं देवी भक्तिका लागि आज भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित भइरहेका छन् ।

काठमाडौको हनुमानढोकास्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवीमन्दिर तथा शक्तिपीठ गुह्येश्वरी,मैतीदेवी, नक्सालभगवती,कालिकास्थान,भद्रकाली, संकटा, ,रक्तकाली,दक्षिणकाली र स्वधा वा शोभाभगवतीका मन्दिरमा नवरात्रको विशेष पूजा शुरु गरिन्छ । यसै गरी नरदेवी, विजयेश्वरी,इन्द्रायणी,वज्रवाराही,बगलामुखीमा पनि दशैंको विशेषपूजा गरिंन्छ ।

नवरात्रको पहिलो दिन घटस्थापनादेखि मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठहरुमा देवीभवानीको पूजाआराधना भइरहेको छ । काठमाडौ उपत्यकाका नव दुर्गाहरुमध्ये गुह्येश्वरी, नक्सालभगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभाभगवती, दक्षिणकाली र अन्यदेवीमन्दिरहरु तलेजु भवानी, चामुण्डा भगवती, नरदेवी, विजेश्वरी, बगलामुखीलगायतका मठमन्दिरमा भगवती दुर्गाभवानीको पूजाआजा भइरहेको छ ।

यसैगरी पाथीभरा, दन्तकाली, सिद्धकाली, छिन्ताङभगवती, कंकालिनी, सखडाभगवती, कालिञ्चोक भगवती, पाल्चोक पलाञ्चोक, नालाभगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती, मनकामना, गोरखकाली, लमजुङकालिका, मौलाकालिका छिम्केश्वरी, विन्ध्यवासिनी, कास्कीकोट, सुपादेराली, उजिरेश्वरी, आलमदेवी गह्रौंकालिका, दुर्लुङकोट, बाग्लुङकालिका, जलजलामाई, त्रिुपुरा सुन्दरी वागीश्वरी, शैलेश्वरी उग्रतारालगायत मुलुकका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तिपूर्व आद्यशक्ति माता भगवतीको पूजाआराधना गरिन्छ ।


प्रकाशित : २०७९ आश्विन १४ शुक्रबार