भारोत्तलन खेलमा छनोट हुने खेलाडीलाई पालिकाका प्रमुख अधिकृत यादवद्वारा सम्मान

[sharethis-inline-buttons]

सिरहा । नवौं राष्ट्रिय खेलकुदका लागि भारोत्तलन खेलमा छनोट हुने खेलाडीहरुलाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादवले सम्मान तथा बधाई ज्ञापन गर्नुभएको छ ।

उक्त खेलका लागि छनोट हुन सफल खेलाडीहरुको जीतका लागि प्रोत्साहन स्वरुप अधिकृत यादवले सम्मान तथा बधाई ज्ञापन गर्नुभएको हो ।

नवौं राष्ट्रिय खेलकुदमा सहभागीताका लागि प्रदेश स्तरीय छनोटमा पर्न सफल खेलाडीहरुलाई अधिकृत यादवले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

खेलका लागि जिल्लाबाट नौ जना पुरुष र दुई जना महिला गरी कुल ११ जनाले भाग लिएका थिए ।

अधिकृत यादवले खेलकुदको विकास र प्रवद्र्धनका लागि स्थानीय स्तरबाट गर्न सकिने थप साथ र सहयोगका लागि समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।


प्रकाशित : २०७९ आश्विन ८ शनिबार