गठबन्धनकाे बैठक बालुवाटारमा, नागरिकता विधेयकमा राष्ट्रपतिकाे कदमबारे छलफल

[sharethis-inline-buttons]

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कदमबारेको एउटा एजेण्डा पनि थपिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो ।
गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ ।

बैठकमा राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए ।


प्रकाशित : २०७९ आश्विन ५ बुधबार