पूर्वमन्त्री खोभारी रायसहित जसपाका चर्चित नेताहरू एमाले प्रवेश

[sharethis-inline-buttons]

काठमाडौं । पूर्वमन्त्री खोभारी रायसहित जनता समाजवादी पार्टीकाचर्चित नेताहरू नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

एमाले अध्यक्ष केपीशर्मा ओली र महासचिव शंकर पोखरेललाई भेट गरी रायसहित जसपाका चर्चितनेताहरू एमाले प्रवेश गर्नुभएको हो ।

यसरी एमाले प्रवेश गर्ने नेताहरूमा सुनितादेवी यादव , धिरेन्द्र राय, राजमोहन राय, रामप्रवेश रायलगायत हुनुहुन्छ ।

उहाँहरूले केपी ओलीको नेतृत्वमा मात्रै तराइ र नेपालको विकास सम्भव हुने प्रस्ट तस्वीर आइसकेकोले एमाले रोजेको बताउनुभयो ।


प्रकाशित : २०७९ आश्विन ४ मंगलवार