
काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताउनुभएकाे छ ।
लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताउनुभएकाे हाे ।
सविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाइ थियो ।
स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्नेमा सिंहको जोड थियो । सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि सिंहको भनाइ थियो ।
गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ गणेशमान सिंहको २५औँ स्मृतिमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा सिंहले भन्नुभयाे, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’
गणेशमान सिंहले देखाएको बाटो हिड्न सकेमात्र लोकतन्त्र बलियो हुने भन्दै नेपाली राजनीतिमा गणेशमान सिंहको योगदानको चर्चा गर्नुभएको छ ।
कार्यक्रम गणेशमान सिँह फाउन्डेसनको आयोजनामा भएको हो ।