संविधान दिवसकाे अवसरमा राष्ट्रपतिद्वारा ६८१ कैदीकाे सजाय मिनाहा, २१ जनालाई आममाफी

[sharethis-inline-buttons]

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६८१ कैदीको कैद सजाय मिनाहा गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा मन्त्रिपरिषदकाे सिफारिसमा ६८१ कैदीकाे सजाय मिनाहा गर्नुभएकाे हाे।

त्यस्तै, राष्ट्रपतिबाट २१ कैदीलाई आममाफी दिने निर्णय भएकाे छ ।

४० प्रतिशत कैद भुक्तान गरेका ६८१ जनालाई असल चालचलन भएको आधारमा बाँकी कैद सजाय मिनाहा हुनुकाे साथै २१ जनाको हकमा भने उनीहरुविरुद्धको सम्पूर्ण सजाय नै माफी गरिएकाे छ।


प्रकाशित : २०७९ आश्विन २ आईतवार