मुलुकको विकास र सामाजिक सुरक्षामा एमालेको योगदान असाधारण : अध्यक्ष ओली

[sharethis-inline-buttons]

सिरहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास निर्माण तथा सुरक्षामा पार्टीको भूमिका असाधारण रहेको बताउनुभएको छ।

नेकपा एमाले सिरहा जिल्लाद्वारा आयोजित पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा भएका विकास निर्माण तथा सामाजिक सुरक्षामा पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले लोकतन्त्र रक्षा, विकास निर्माण, सामाजिक सुरक्षाको क्षेत्रमा आप्mनो नेतृत्वको सरकारले धेरै काम गरेको बताउनुभयो । सडक, पुल पुलेसादेखि रेल र पानीजहाजसम्मको योजना आफ्नो पालोमा अघि बढेको उहाँको भनाइ थियो।

वर्षाका कारण केही ढिला गरी कार्यक्रममा सम्बोधन गर्न पुग्नुभएका अध्यक्ष ओलीले लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्ष तथा जसपाका नेता रामबल्लभ साहसहितका हजारौं नेता–कार्यकर्तालाई एमाले पार्टी प्रवेश गराउनुभएको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रधुवीर महासेठ, सह इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटव्यूरो सदस्य ज्वाला साह लगायतले सम्बोधन गर्नुभएको थियो ।

त्यसअघि अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले १०५ किलोको मालाले स्वागत गरेका थिए ।

 

 


प्रकाशित : २०७९ आश्विन १ शनिबार