आचारसंहितालगायत समसामयिक विषयमा १२ दलका प्रतिनिधिसँग निर्वाचन आयोगकाे छलफल

[sharethis-inline-buttons]

काठमाडौं । निर्वाचन आयोगले दलहरुसँग निर्वाचित केन्द्रीत छलफल गर्ने भएको छ ।

छलफलका लागि आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई बोलाएको छ ।

बुधबार मध्याह्न १२ बजेका लागि छलफलमा बोलाइएको आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा दलहरुसँग छलफल गर्न लागेको हो ।

आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरिएको थियो ।


प्रकाशित : २०७९ भाद्र २९ बुधबार