गृह मन्त्रालयको सचिवको जिम्मेवारी विनोद सिंहलाई

[sharethis-inline-buttons]

काठमाडौं । गृह मन्त्रालयको सचिवमा विनोद सिंहलाई सरुवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सिंहलाई गृह मन्त्रालयमा सरुवा गरेको हो । सिंह प्रदेश–१ को प्रमुख सचिव हुनुहुन्थ्यो । गृह मन्त्रालयमा कार्यरत सचिव टेकनारायण पाण्डेलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

पाण्डे २०७८ साउन २७ मा गृह मन्त्रालयमा हाजिर हुनुभएको थियो ।


प्रकाशित : २०७९ भाद्र २९ बुधबार