बेलायती महारानीकाे निधनप्रति प्रधानमन्त्री देउवाद्वारा गहिराे शाेक व्यक्त

[sharethis-inline-buttons]

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजाबेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजाबेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका नेताहरुले सहानूभूति व्यक्त गरेका हुन्


प्रकाशित : २०७९ भाद्र २५ शनिबार