काठमाडाैं । आज (शनिवार) का लागि बाेलाइएकाे प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ । आज अपरान्ह १ बजेका लागि निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारण देखाउँदै स्थगित गरिएकाे हाे ।
संघीय संसदको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले शनिवार बिहान सूचना टाँस गर्दै बैठक स्थगित भएकाे जानकारी दिनुभएकाे हाे ।
बैठक भदौ २९ गते बुधवार बिहान ११ बजे बस्ने गरी सरेको सूचनामा उल्लेख छ ।
प्रकाशित : २०७९ भाद्र २५ शनिबार