सिट बाँडफाँट कार्यदलले बुझायो प्रतिवेदन, बागबण्डाको अन्तिम टुंगो शीर्ष नेतृत्वले लगाउने

[sharethis-inline-buttons]

काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार साँझ बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

स्रोतका अनुसार कार्यदलले सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको हो ।

सो प्रतिवेदन शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने बताइएको छ । त्यसका लागि शुक्रबार पनि बैठक बोलाइएको छ ।


प्रकाशित : २०७९ भाद्र २४ शुक्रबार