२३ असोजमा उम्मेदवारको मनोनयन दर्ता, २५ गते नामावली प्रकाशन

[sharethis-inline-buttons]

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। आयोगले विहीवार कार्यतालिका सार्वजनिक गर्दै २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुने जनाएको हो ।

यस वर्ष हिन्दू नेपालीको ठूलो पर्व दशैंको टीका १९ असोजमा परेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार टीकाको ४ दिनपछि अर्थात कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ । दशैंको लामो विदापछि २३ गते नै कार्यालय खुल्नेछ ।

त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।

२६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् भने अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन हुनेछ र चुनाव चिह्न पनि पाउने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनसभयो ।

निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय २ असोजलाई तोकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउने छैनन् ।


प्रकाशित : २०७९ भाद्र २३ बिहीबार