
काठमाडौं। प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शनिबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएकाे छ।
प्रकाशित : २०७९ भाद्र २२ बुधबार